९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता सहकार्यका लागि सङ्घदेखि प्रदेशसम्म चार दलीय कार्यदल बनाउने तयारी 

अ+ अ-

काठमाडौँ । पुरानो गठबन्धनले कार्यदल बनाएर सत्ता सहकार्यको खाका तयार पार्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच कार्यदल बन्ने छलफलमा रहेका एक नेताले बताए ।

पुरानो गठबन्धन ब्युँतिँदा एमाले सरकारबाट बाहिरिने काँग्रेस, माओवादी, समाजवादी र जसपाको निष्कर्ष छ । एमाले नेताहरूले पनि राष्ट्रपतिमा माओवादीले साथ नदिए सरकारमा नबस्ने बताउँदै आएका छन् । एमाले सचिव योगेश भट्टराईले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने स्पष्ट पारिसकेका छन् ।

माओवादीका एक पदाधिकारीले पनि अब एमाले सरकारमा नरहने सङ्केत देखिएको बताए । उनका अनुसार पुस १० मा भनेको सात दलीय गठबन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिने सम्भावना बढेको छ ।

सत्तासीन माओवादी केन्द्रले संसद्को पहिलो दल नेपाली काँग्रेससँग सहकार्यको बाटो रोजेपछि सात दलीय सत्ता गठबन्धन विघटननजिक छ । योसँग प्रदेश १, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार धरापमा पर्ने देखिएको छ । पुरानो गठबन्धन ब्युँतिदा प्रदेशसभाको अङ्कगणित एमाले प्रतिकुल छ । प्रदेश १ मा एमाले र राप्रपा मिल्दा पनि सरकार जोगाउन एक सांसद चाहिन्छ ।

त्यहाँ जसपा एक जना सांसद निर्णायक छन् । जसपाले उपराष्ट्रपति पाएको खण्डमा प्रदेश एक सरकार पनि जोगिने सम्भावना न्यून हुन सक्छ ।

यस्तै गण्डकी प्रदेशमा काँग्रेस, माओवादी मिल्दा एमाले सरकार अल्पमतमा पर्ने निश्चित छ भने लुम्बिनीमा पनि एमालेलाई सरकार जोगाउन मुस्किल छ । काँग्रेस, माओवादी र जसपा एक ठाउँमा  उभिँदा एमाले बहुमत पाउने अवस्था छैन । तर प्रदेश १ र लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपनि पुनः एमालेकै सरकार बन्ने छ ।

संविधानको धारा १६८ को २ अनुसार प्रदेशसभाका दुई वटा दुई भन्दा बढी दलको समर्थनमा एमाले सरकार बनेका थिए । प्रदेश १ र लुम्बिनीमा प्रदेशसभाको ठूलो दल एमाले छ । संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले एमाले सरकार बन्ने छ । त्यो सरकारले पनि १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ ।

संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत नपाए ढलेपछि संविधानको धारा १६८को ५ अनुसार प्रदेशसभा सदस्यले बहुमत जुटाएर सरकार निर्माणका लागि दाबी गर्ने व्यवस्था छ । तर गण्डकी प्रदेशमा भने प्रदेशसभाको सबैभन्दा ठूलो दल काँग्रेस रहेको छ । एमाले सरकार ढलेपछि काँग्रेसको नेतृत्वमा सरकार बन्ने देखिन्छ ।

सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि काँग्रेसको नेतृत्वमा सरकार बनेको छ । मधेस प्रदेशमा जसपा, बागमती र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ । नयाँ सत्ता समीकरणमा जसपा र माओवादी सरकार बने यथावत् रहने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस