८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको कार्यकालबारे ३ नेताबीच बन्यो यस्तो सहमति 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छुट्टै बैठक बसेर को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाएका छन्। 

शुक्रबार बालुवाटारमा बैठक चल्दै गर्दा प्रचण्ड, देउवा र नेपाल छुट्टै बैठक बसेर प्रधानमन्त्रीको कार्यकाल निधो गरेको एक नेताले बताए।

‘उहाँहरूले प्रधानमन्त्रीको कार्यकालको टुङ्गो लगाएपछि कुरा मिलेको हो,’ ती नेताले भने, ‘पहिलो कार्यकाल प्रचण्ड, दोस्रो माधव नेपाल र तेस्रो देउवालाई दिने भन्ने सहमति तीन नेताले गर्नुभएको छ। कसले कति समय लिने भन्नेबारे चाहिँ जानकारी दिनुभएको छैन ।’ 

काँग्रेसका अर्का एक नेताले भने प्रचण्ड पहिलो साढे दुई वर्ष, त्यसपछि नेपालले एक वर्ष र बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र काँग्रेसले चुनाव गर्ने सहमति भएको बताए।

माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रधानमन्त्रीको कार्यकाल तीन नेताले छलफल गरेर टुङ्गो लगाउने बताए। उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको उनले जानकारी दिए।

शुक्रबारको बैठकमा आठ दलले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ। काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले काँग्रेसको उम्मेदवारलाई सघाउन ८ दल सहमत भएको बताएका छन्। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका थिए।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस