७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व कानुन मन्त्रीलाई पठाइयो जेनेभा 

अ+ अ-

काठमाडौँ । पूर्व कानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् । 

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन आज आइतबार परराष्ट्र मन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।

अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए । परराष्ट्र मन्त्रीको भ्रमण रोकेर उनको ठाउँमा बन्दीसहित ३ जनालाई पठाएका हुन् । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् । 

सम्बन्धित समाचार : प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण

परराष्ट्र मन्त्री पौड्यालले आज पत्रकार सम्मेलन गर्दै भ्रमणको विषयमा जानकारी गराएकी थिइन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले समेत पौड्यालको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने निर्णय गरेको थियो । तर, सत्ता समीकरण फेरबदल भएसँगै प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका हुन् । 

आज दिउँसो मन्त्री पौड्याल त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेका थिए । त्यसपछि उनी रोकिएकी थिइन् ।  

उक्त बैठकको सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म चल्नेछ । नेपाल मानवअधिकार सुरक्षा परिषद्को सदस्य हो ।  

मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९गानरी० ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । नेपालको मानवअधिकार सन्तोषजनक नभएको र आयोगले राम्रोसँग काम गर्न नदिएको नसकेको भन्दै घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौड्यालले जेनेभा भ्रमणका क्रममा आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस