१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति चुनावअघि विश्वासको मत लिदै प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।

सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ ।

‘एमाले र राप्रपाले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव अघि नै संसद्बाट विश्वासको मत लिने तयारी छ’ माओवादीका एक मन्त्रीले भने, ‘विश्वासको मत पाउन समस्या छैन त्यसैले विश्वासको मत लिएर अघि बढ्ने योजना छ ।’

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले एमाले र राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै भएकाले विश्वासको मत लिन हतार गर्नुपर्ने अवस्था नरहेको बताए ।

यद्यपी उनले विश्वासको मत लिनेबारे सत्ता साझेदार दलसँगको छलफलपछि कहिले लिने भन्ने टुङ्गो लाग्ने बताए ।

सरकारका प्रवक्ता रेखा शर्माले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिइने बताइन् । राष्ट्रपति चुनाव अघि लिने कि पछि लिने भन्ने विषयमा सत्ता साझेदार सबै दलसँग छलफल गरेर निर्णय लिने शर्माले बताइन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भने सरकारले विश्वासको मत छिट्टै लिने दाबी गरे ।

अहिलेको सरकारलाई ८ दलको समर्थन भएकाले सजिलै विश्वासको मत प्राप्त हुने अवस्था देखिएको छ । तत्काल विश्वासको मत लिएमा २ वर्षसम्म कसैले अविश्वासको प्रस्ताव ल्याउन नसक्ने ज्ञवालीले बताए ।

प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि अरू आठ दलले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्र ३२, नेपाली काँग्रेस ८८, जसपा १२ सिट, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमत ६ र राष्ट्रिय जनमोर्चा १ सांसदसहित १५३ सांसदको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस