काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । फागुन १७ गते बस्ने प्रदेश सभालाई प्रमुख गुरुङले सम्बोधन गर्ने तालिका रहेको सभाका प्रवक्ता सचिव प्रेम सुवेदीले बताए । यसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बस्दै छ । १७ गतेको सम्बोधन प्रदेश प्रमुख गुरुङको यो अधिवेशनको पहिलो हो ।
संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न सक्ने प्रावधान छ ।