८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाँदाजाँदै स्वास्थ्यमन्त्री गिरीले दिए स्वास्थ्य क्षेत्र सुधारबारे यस्तो सुझाव

अ+ अ-

काठमाडौँ । निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्यमन्त्रीको रूपमा गरेको आफ्नो अन्तिम सम्बोधनमा नेपालको स्वास्थ्य क्षेत्र सुधार तथा निःशुल्क उपचारलाई प्रभावकारी बनाउनका लागि सुझाव प्रस्तुत गरेका छन् ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेसँगै गिरीले स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यलाई निःशुल्क बनाउन सुझाव दिएका हुन् ।

स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्य बीमा रकमलाई ५ लाखसम्म पुर्‍याउन आवश्यक रहेको गिरीले बताए । यस्तै, आम मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउन अस्पतालको सरसफाइदेखि प्रविधिमैत्री वातावरणको निर्माण गरिनुपर्ने गिरीको सुझाव छ ।

न्यूनतम स्वास्थ्य मापदण्डलाई सम्पूर्ण स्वास्थ्य संस्थामा प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन आवश्यक जनशक्तिको व्यवस्थापन गरिनुपर्नेमा गिरीले जोड दिए ।

‘अस्पताल भित्र छिरेपछि अस्पताल जस्तै हुनुपर्‍यो, त्यहाँ गन्ध आउनु भएन बास्ना आउनुपर्‍यो, कर्मचारी छैनन् भने कर्मचारी ल्याउन पर्‍यो । उनले भने, ‘अझै पनि म्यानुअल्ली सेवा चलाई रहने हैन अस्पतालको एपबाट वीर अस्पतालमा आइसियु खाली छ कि छैन भन्ने थाहा हुनुपर्छ ।’

गिरीले विगतका वर्षहरूको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन आए पनि अझै सम्पूर्ण आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गर्न नपाएकोमा चिन्ता व्यक्तसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस