८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

अ+ अ-

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेका थिए ।

सो बारे जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोस्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ । उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।

यता तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ ।

सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दी नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशङ्का गरिएको थियो ।

सो बारे जानकारी प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानीभित्र फेला पारी बाहिर निकालेको हो ।

उनको शव पोस्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस