९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउनु पर्छ : गोकुल बास्कोटा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् ।

तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा छ ।

जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ पनि रहने उल्लेख छ । यस्तो व्यवस्थालाई राष्ट्रिय सभाले स्वीकार गरेर प्रतिनिधि सभामा पठाएको छ ।

‘विधेयकको दफा २ को खण्ड (घ) मा ‘मदिराजन्य पेय पदार्थ’ भन्ने शब्दहरू हटाउनुपर्ने’ प्रतिनिधिसभामा आएको यस विधेयकउपर एमाले सांसद बास्कोटाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधि सभामा विचाराधीन यस विधेयकको दफा २ को खण्ड (घ) मा ‘खाद्य पदार्थ’ भन्नाले ‘साधारणतः मानिसले उपभोग गर्ने अप्रशोधित, अर्धप्रशोधित वा प्रशोधित खाद्य वा पेय पदार्थ, त्यसमा प्रयोग गरिने पोषक तत्त्व, खाद्य योगशील (फुड एडिटिभ) वा मरमसला सम्झनु पर्छ र सो शब्दले आहारपूरक खाद्य पदार्थ, प्याकेजिङ गरिएको प्रशोधित पिउने पानी, मदिराजन्य पेय पदार्थ, चुइगम र बवलगमलाई समेत जनाउँछ ।’ भन्ने उल्लेख छ । यो परिभाषाबाट मदिराजन्य पेय पदार्थ हटाउनुपर्ने सांसद बास्कोटाले प्रस्ताव गरेका हुन् ।

यसैगरी, एमाले सांसद बास्टोकाले ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ विषयलाई पनि ऐनमै समावेश गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावित विधेयकको दफा १४ मा ‘झुक्याई खाद्य पदार्थको बिक्री वितरण गर्न नहुने’ सम्बन्धी व्यवस्था छ । कसैले ढाँटी वा झुक्कयाई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय वा बिक्री वितरणका लागि राख्न वा वितरण गर्न वा गराउन नहुने’ उल्लेख छ । यसमा ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ भनी लेख्नुपर्ने सांसद बास्कोटाको संशोधन प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस