८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी

अ+ अ-

काठमाडौँ । तोशाखाना मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । इस्लामाबादको जिल्ला तथा सत्र अदालतका न्यायाधीश जफर इकबालले उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्ने आदेश दिएका छन् । इमरान तोशाखाना मुद्दामासुनुवाइको क्रममा उपस्थित हुन असफल भएका थिए। त्यसपछि उनीविरुद्ध गैर जमानती वारेन्ट जारी भएको थियो ।

खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारबारे गलत जानकारी दिएको आरोप छ । तोशाखाना पाकिस्तानको मन्त्रिपरिषद्को एक भाग हो जहाँ सरकार, राष्ट्र प्रमुख र अन्य देशका विदेशी पाहुनाहरूले दिएका बहुमूल्य उपहारहरू राखिन्छन्। नियम अनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ ।

इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बने । अरब देशको भ्रमणका क्रममा उनले त्यहाँका शासकहरूबाट महँगो उपहार पाएका थिए। उनले धेरै युरोपेली देशका राष्ट्राध्यक्षहरूबाट बहुमूल्य उपहार पनि पाएका थिए, जुन इमरानले तोशाखानामा जम्मा गरेका थिए। उनको सरकारले यो सम्पूर्ण प्रक्रियालाई कानुनी अनुमति दिएको थियो। 

प्रतिक्रिया दिनुहोस