काठमाडौँ । मधेस प्रदेशमा सत्ता समीकरणमा फेरबदल आएपनि सरकारमा कुनै समस्या नआउने निष्कर्ष निकालिएको छ । केन्द्रमा एमाले सरकारबाट बाहिरिए पनि मधेसमा सो पार्टी सरकारबाट नबाहिरिने गठबन्धनको बुझाइ रहेको छ ।
मंगलबार बसेको नयाँ समीकरणअनुसारको गठबन्धनको बैठकले एमालेलाई सत्ता बाहिर पठाउने कुनै मनसाय नभएको भन्दै सो पार्टीले पनि कुनै निर्णय नलिने विश्वास लिएको छ । बैठकपछि मुख्यमन्त्री सरोजकुमार यादवले एमालेसहितको सरकार मधेस प्रदेशमा निरन्तर रहने विश्वास लिए । एमालेले यदि सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकार नढल्नेमा यादव ढुक्क छन् ।
एमाले र राप्रपाबाहेकको उक्त बैठकमा आगामी रणनीतिका साथै राष्ट्रपति, उपराष्ट्र निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।