९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लदी पर्वको संरक्षणमा माझी समुदाय

अ+ अ-

पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धूमधामसँग मनाएका छन् ।

सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा (नाउ)मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा यसअघि लदीपूजा हुन सकेको थिएन । अल्पसङ्ख्यक माझी समुदाय सधैँ खोला र नदीको नजिक बस्ने गर्छन् । उनीहरू यसैमाथि आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।

लदीपूजा गर्दा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै जोखिम आउँदैन भन्ने विश्वास माझी समुदायको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता छ । वर्षातको समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्यु चोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्त्व उजागर गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।

पर्वत र बागलुङको सङ्गमस्थल मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्न माझी समुदाय यहाँ बस्दै आएको हो । उनीहरू हाल कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुर पालन लगायतका व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस