८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड नेतृत्वको सरकारलाई कुनै खतरा छैन : विमलेन्द्र

अ+ अ-

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको राजनीति सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मङ्गलवार जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले प्रचण्ड नेतृत्वको सरकारलाई काँग्रेसले विश्वासको मत दिएर परिणाम सकारात्मक आएको बताएका हुन् ।

उनले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले आठ दलको स्वीकारोक्तिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको र जीत सुनिश्चित रहेको बताए। नेकपा (एमाले) र राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिए पनि सरकार समस्यामा नरहेको उनले बताए ।

निधीले प्रधानमन्त्री प्रचण्ड जुनसुकै वेला पनि आठ दलको समर्थन प्राप्त गर्न सक्ने स्थिति रहेको बताए। आम निर्वाचनमा जनताले दिएको जनादेश र चुनाव पछि सरकार बनाउन बनेको गठबन्धनमा तालमेल नमिलेकाले पनि गठबन्धन टिक्न नसकेको उनले बताए ।

जनादेश र चुनावी गठबन्धन एउटा अनि सरकार अर्को बन्दा लोकतान्त्रिक जमात नै असन्तुष्ट बनेकाले पुनः सुखद वातावरण बनेको उनको तर्क छ ।

निधिले पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग भनिए पनि राज्यबाट दर्जा नदिएको भन्दै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाजस्तै राज्यले पत्रकारलाई पनि सुविधा दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस