६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङमा ९४५ दिनपछि मास्कको अनिवार्यता समाप्त

अ+ अ-

काठमाडौँ । हङकङमा ९४५ दिनपछि मास्क लगाउने बाध्यता हटाइएको छ ।

योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ । हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठुलो सङ्केत छैन ।’

हङकङमा मास्क लगाउने बाध्यता जुलाई २०२० मा सुरु भएको थियो र करिब ९४५ दिनसम्म चल्यो । मास्क नलगाउनेलाई ८३ हजार रुपैयाँसम्म जरिवाना लगाउन सकिनेछ ।

लीले मङ्गलवार भने, ‘मास्क लगाउने बाध्यता हटाएपछि हङकङको अवस्था सामान्यमा फर्किनेछ ।’ ‘यस वर्ष र अर्को वर्ष पनि हामी अर्थतन्त्र र विकासको लागि पूर्ण गतिमा काम गर्नेछौँ,’ लीले भने ।

हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ । यसमा शून्य कोभिड रणनीति पनि समावेश छ । हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पुर्‍याएको थियो ।

दक्षिण कोरियामा अहिले पनि अस्पताल जाँदा र सार्वजनिक यातायात प्रयोग गर्दा मास्क लगाउन अनिवार्य छ । जापानले पनि मार्च १३ देखि मास्क लगाउने नियममा केही छुट दिने बताएको छ ।

जापानले रेल र बसहरूमा भीडको समयमा मात्र मास्क लगाउन सिफारिस गर्नेछ। जापानमा मास्क लगाउन अनिवार्य थिएन, तर देशका अधिकांश मानिसहरूले मास्क लगाउँथे ।

प्रतिक्रिया दिनुहोस