१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउनेलाई कारबाही

अ+ अ-

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्य अभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।

प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिने पत्र पठाइसकेका छौँ । यसपछि पुनः तीन दिनको पत्र पठाउने छौँ ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैङ्क खाता रोक्का समेत गरिने उनले जानकारी दिए ।

जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात् तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धि कर तर्फ ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ दुई करोड ४० लाख २३ हजार र घर बहाल करतर्फ दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिए ।

विभिन्न कारण देखाउँदै बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कलन घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस