१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्नुस् : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गरे ।

सभामुख घिमिरेले भने, ‘मुलुकको परिवर्तनमा विशिष्ट योगदान पुर्‍याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहयोग पुर्‍याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डट कम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डट कम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजारसहित सम्मान पत्र रहेको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरी समाजसेवामा योगदान पुर्‍याउनु हुने शङ्कर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशील विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई इञ्जा विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्जाले पत्रकारिताका सबै महत्त्वपूर्ण विधालाई समेट्दै पत्रकाको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको अझै प्राथमिकतामा नपरेको गुनासो गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, कान्तिकारी पत्रकार सङ्घका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छाया झल्कने भइरहेको अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको बताए ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस