काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।
आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्य सूची पठाएको थियो ।
सम्बन्धित समाचार : भारतबाट घटेर आयो इन्धनको मूल्य
तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो ।
