१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसङ्घले खटायो स्ववियू निर्वाचनका लागि प्रतिनिधि 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि आज उपत्यकाका ३५ क्याम्पसमा नेविसङ्घका नेतालाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको हो ।

नेविसङ्घ केन्द्रीय स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक इन्जिनियर भुवन भट्टले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि फागुन १९ गते क्याम्पसमा सङ्गठन दर्ता गर्दा उत्साहजनक सहभागिता गराउन र आफ्नो उम्मेदवारलाई विजय गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रविन कैनी, पद्मकन्या क्याम्पसमा करिना पुरी, त्रिचन्द्र क्याम्पसमा सुवास पौडेल, शङ्करदेव क्याम्पसमा विष्णुहरि खड्का, महाराजगञ्ज चिकित्सा क्याम्पसमा विनोद शाही ठकुरी, पशुपति बहुमुखी क्याम्पसमा जयराम बडाल, वाल्मिकी क्याम्पसमा अर्चना रेग्मी, ग्रामीण आदर्श क्याम्पसमा सुशान्त आचार्य र अमृत क्याम्पसमा ताराबहादुर थापालाई प्रतिनिधिका रूपमा तोकिएको छ ।

यस्तै पाटन क्याम्पसमा प्रविन ज्ञवाली, विश्वभाषा क्याम्पसमा धर्मराज शाही, सरस्वती क्याम्पसमा शोभा बस्ताकोटी, काठमाडौँ शिक्षा क्याम्पसमा सुजन बञ्जारा, आरआर क्याम्पसमा गणेश टन्डन, नेपाल ल क्याम्पसमा राजकुमार बस्नेत, नेपाल कमर्स क्याम्पसमा तीर्थ मिश्र, कोटेश्वर क्याम्पसमा एञ्जर कार्की, सानोठिमी क्याम्पसमा जगतजङ्ग विष्ट, आयुर्वेद क्याम्पसमा राजकुमार भट्टराई र पिपल्स क्याम्पसमा पवन थापालाई तोकिएको छ ।

यसैगरी ललितकला क्याम्पसमा सुवास पुरी, मनहरा क्याम्पसमा विजेन केसी, वानेश्वर क्याम्पसमा उत्तम कार्की, भक्तपुर क्याम्पसमा अनिल सापकोटा, एनआर क्याम्पसमा सुनील शर्मा, जनप्रशासन क्याम्पसमा कृष्ण सुवेदी, पब्लिक युथ क्याम्पसमा सुजन बुढामगर, महेन्द्ररत्न क्याम्पसमा गणेश भण्डारी, जनमैत्री क्याम्पसमा उत्तम सुवेदी र कैलाशकुट क्याम्पसमा बिन्दा बोगटीलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको संयोजक भट्टले बताए । 

प्रतिक्रिया दिनुहोस