विराटनगर । आज कोशी प्रदेशमा सार्वजनिक बिदा गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा दिइएको हो ।
बुधबार (हिजो) भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।
