८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेट : आज नेपालका दुवै टोली युएईविरुद्ध खेल्दै

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेटका लागि आज महत्त्वपूर्ण दिन रहनेछ । नेपालको सिनियर र उमेर समूहको दुवै राष्ट्रिय टोलीले आज युएईसँग खेल्दै छन् । दुवै खेल युएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।

सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको निकै नजिक छ । त्यसैले यु-१९ टोलीको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र युएई खेल्दै छन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ ।

६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैले नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ । उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न युएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ । लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई युएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।

यस खेल जितेमा नेपालको ३० खेलबाट (घ) अङ्क हुनेछ र नेपाल युएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौँ स्थानमा समेत उक्लनेछ । नेपालले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । युएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । युएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

युएई २९ खेलबाट २९ अङ्कसहित पाँचौँ स्थानमा छ । ३० खेलबाट ७ अङ्क रहेको पपुवा न्यु गिनी अङ्कतालिकामा पुछारमा रहने पक्का भइरहेको छ।

प्रतिक्रिया दिनुहोस