८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश नामकरणप्रति जसपाको आपत्ति

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ ।

जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन् ।

‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन। कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ?’ प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ।’ ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म सङ्घर्ष चर्काउने विज्ञप्तिमा उल्लेख छ।

पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरेको उल्लेख छ। साथै जसपा, नेपालको सांसदलाई मत दिन वञ्चित गरिएको भन्दै यस बारेमा सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस