७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम

अ+ अ-

कुश्मा । पर्वत जिल्लाको कुश्मा नगरपालिका १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

सो वडाभित्र रहेका विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा उनका परिवारलाई रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडाको भनाइ छ ।

‘सरकारी सेवामा रहेका र आर्थिकरूपमा सम्पन्न परिवारलाई बाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही रु १० हजार दिने गरेका छौँ’, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, ‘यस आर्थिक वर्षदेखि सुरु गरेका हौँ र यसलाई आगामी दिनमा निरन्तरता दिइने छ । मृतकका परिवारलाई काजक्रिया खर्च भनेर रकम भुक्तानी दिने गरेका छौँ ।’

पर्वतमा मृतक परिवारसँग वडाको यो नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए । उनले वडाको यस कार्यक्रमले विपन्न परिवारलाई राहत मिलेको प्रतिक्रिया दिए । सामान्य काजक्रियाकै लागि पनि विपन्न परिवारले त ऋण धन गर्नुपर्ने अवस्था रहँदै आएकामा वडाको यस कार्यक्रमले थोरै भए पनि राहत दिएको उनको भनाइ छ ।

वडाध्यक्ष सुवेदीले भने, ‘यो रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिइ घर–घरमै भेट्न जाने एउटा माध्यम मात्र हो ।’

मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्यु दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन् । यस वडामा जम्मा घरधुरी छ सय २३ र जनसङ्ख्या चार हजार पाँच सय ३४ छ ।

प्रतिक्रिया दिनुहोस