४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनै पर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने बताएका छन्।

एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अघिल्लो गठबन्धनमा रहेका दुई दलमा मात्रै सरकारमा भएकाले विश्वासको मत लिनुपर्ने बताए।

उनले भने, ‘एमाले लगायतका विभिन्न दल मिलेर गठबन्धन बनाएका थिए, त्यो गठबन्धन दुई महिना पनि टिक्न सकेन । सरकारमा सहभागी दलले छोडिसकेका छन् । अहिले माओवादी र जनमत पार्टीमा मात्रै सरकारमा छन्।’

सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने उनको भनाइ थियो। अहिले आठ दलीय गठबन्धनले समर्थन जनाएको भए पनि संवैधानिक रूपमा प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेमा उनले जोड दिए। ‘एक महिनाभित्र विश्वासको मत लिनै पर्छ। कुन मितिमा लिने प्रधानमन्त्रीले तय गर्नुपर्छ,’ नेपालले भने, ‘हाम्रो समर्थन यो सरकारसँग रहेको छ, हाम्रो साथ रहनेछ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई जनताको पार्टी बनाएर लग्ने बताए। त्यसैले आफूले राष्ट्रपति पद तथा एकीकरणका कुरातिर ध्यान नदिएको उनको भनाइ थियो।

‘हामी कुनै पार्टीमा गएर समाहित हुनेवाला छैनौँ। समाहित हुनुपर्ने आवश्यकता पनि छैन,’ नेपालले भने, ‘हाम्रो लागि राष्ट्रपति पद महत्त्वपूर्ण रहेन। देशको राजनीतिलाई स्थायित्व दिने र नेपालीले भोगिरहेका समस्या सम्बोधन गर्ने कुरालाई महत्त्व दियौँ।’

कसैलाई पनि धोका दिएर पद पुग्ने उद्देश्य नभएको उनको भनाइ थियो। त्यसैले राष्ट्रपति पद त्यागेर आठ दलीय गठबन्धनमा सहभागी भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस