४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : माधव नेपाल

अ+ अ-

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाँले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताएका हुन् ।

सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औँल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राखे ।

‘हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यामा नपारिदिउन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले अबको शिक्षा विश्वमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरूको चाहना भविष्यमा डाक्टर तथा इन्जिनियरका साथै असल शिक्षक समेत बन्छु भन्ने हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष श्यामसुन्दर बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले विद्यालयले संस्कारयुक्त शिक्षालाई जोड दिएको बताए । त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस