७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनयुद्धका सहिद परिवारले बोलाए प्रचण्डसहित शीर्ष नेतालाई एउटै कार्यक्रममा

अ+ अ-

काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् ।

सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न लागेका हुन् ।

सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बताए । प्रधानमन्त्री प्रचण्ड सहित ६ पूर्व माओवादीका नेताहरूले आउन बचन दिएको पुनले बताए ।

‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ । जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाएको छ’ पुनले भने, ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी गरेका छौँ ।’

कार्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारको सपना पूरा गराउन घचघच्याइने पुनले बताए । सो कार्यक्रममा प्रचण्डसहित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस