१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्त र मिटरव्याजविरुद्धको सङ्घर्षमा विप्लवको साथ

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको मनपरिविरुद्ध सङ्घर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोध गरेका छन् ।

महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैङ्क व्याजले लाखौँ जनताको जीवन प्रताडित बनेको उल्लेख गरेका छन् ।

साथै उनले बैङ्क तथा वित्तीय संस्थाहरूको आतङ्क र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौँ नागरिक सडकमा पुगेर छटपटाइरहेको बताएका छन् ।

‘कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन् । उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरूको रक्षामा न्यायिक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एव चक्र व्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु जनविरोधी एवं असैह्य कार्य हो’, विप्लवले सरकारी कदमको विरोध गरेका छन् ।

सरकार यस्तो निर्णयबाट पछि फर्किन र जनताको माग पुरा गर्न पनि विप्लवको माग छ । त्यसै गरी सो पार्टीले दलाल पूँजीपतिवर्ग र विभिन्न नामका शोषक, चुसाहा संस्थाहरूका विरुद्ध पीडित नागरिकलाई न्यायपूर्ण सङ्घर्षमा निरन्तर अगाडि बढ्न अपिल गर्दै आफ्नो साथ रहेको बताएको छ । ‘पार्टी सधैँ जनताको न्यायपूर्ण सङ्घर्षको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ’, सो पार्टीले भनेको छ ।

जनताको जायज आवाजलाई सहयोग र समर्थन गरेका कारण देशभरि आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउन थालिएकोमा आपत्ति जनाउँदै जाजरकोटमा जिल्ला इन्चार्ज तथा सीसीएम पौरख सी, जिल्ला सेक्रेटरी विराजन सी लगायत ५ जनालाई गिरफ्तार गरेर लुटपाटको झुट्टा मुद्दा लगाउन लागेको भन्दै उनीहरूको रिहाइ गर्न माग गरेको छ । अन्यथा सङ्घर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने विप्लवको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस