१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी दलका नेताहरूले लेखे भारतीय प्रधानमन्त्रीलाई पत्र

अ+ अ-

नयाँ दिल्ली । भारतका विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

दिल्लीका उपमुख्यमन्त्री रहेका मनीष सिसोदियाको गिरफ्तारीको विरोधमा उनीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । हालै सीबीआईले सिसोदियालाई पक्राउ गरेको थियो ।

पत्रमा नेताहरूले केन्द्रीय एजेन्सीहरूलाई गलत प्रयोग गरेको आरोप लगाएका छन् । पत्र लेख्ने नेताहरूमा केसी राव, ममता बनर्जी, अरविन्द केजरीवाल, भगवं मान, तेजस्वी यादव, फारुख अब्दुल्ला, शरद पवार, उद्धव ठाकरे र अखिलेश यादव पनि सामेल छन् ।

‘केन्द्रीय एजेन्सी र संवैधानिक पदमा रहेका व्यक्तिहरूलाई आफ्नो हितमा प्रयोग गर्नु निन्दनीय छ,’ पत्रमा भनिएको छ, ‘केन्द्रीय एजेन्सीहरूलाई विपक्षी दलका नेताहरूलाई प्रयोग गर्नुले हामी लोकतन्त्रबाट तानाशाहीतर्फ अघि बढिरहेको महसुस हुन्छ ।’

पत्रमा २०१४ पछि विपक्षी नेताहरूमाथि मुद्दा मामिला र पक्राउ गर्ने बढेको बताउँदै लालू यादव, सञ्जय राउत, आजम खान, नवाब मलिक, अनिल देखमुखजस्ता नेताहरूलाई निशाना बनाइएको दाबी गरिएको छ ।

पत्रमा काँग्रेस नेताहरूले भने हस्ताक्षर गरेका छैनन् । हालै मात्र राहुल गान्धीसहित काँग्रेसका कयौँ नेताले २०२४ को चुनावमा विपक्षी एकताको कुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस