७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाफ म्याराथनका विजेताले एक लाख पाउने

अ+ अ-

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले रू एक लाख पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रो हुनेले रू ७५ हजार, तेस्रो हुनेले रू ५० हजार प्राप्त गर्नेछन् । साथै, चौथो हुनेले रू ३० हजार, पाँचौँ हुनेले रू २५ हजार, छैटौँले रू १५ हजार, सातौँले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर-बडिखेल चोक-टौखेल चोक-गोदावरी बसपार्क-विशङ्खुनारायण-वडा नं २ कार्यालय-बाँडेगाउँ प्रहरी प्रभाग-भट्टराई आश्रम- वडा नं १३ कार्यालय-भलि पुचः पार्टी प्यालेस-ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।

त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर रू ३५ हजार पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रोले रू ३० हजार, तेस्रोले रू २५ हजार, चौथोले रू २० हजार, पाँचौँले रू १५ हजार, छैटौँले रू १० हजार, सातौँले रू पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक-टौखेल चोक-भट्टराई आश्रम-वडा नं १३ कार्यालय-भलि पुचः पार्टी प्यालेस-ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले रु सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए। ‘मेरो दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस