७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर गृह परिक्रमा गरेर मिथिला परिक्रमा सम्पन्न

अ+ अ-

धनुषा । श्रद्धालुहरूले जनकपुरधामको अन्तर गृह परिक्रमा गरेर मिथिला परिक्रमा सम्पन्न गरेका छन्।

१५ दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरुआत भई पूर्णिमाका दिन जनकपुरधामको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ।

प्राचीन मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानी मिथिला परिक्रमा हुन्। जस क्रममा श्रद्धालुहरूले जनकपुरको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गर्छन्।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्रा फल राम्रो मानिन्छ। मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ।

‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरु, करतल ध्वनिसँगै श्रद्धालु मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिरहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ।

यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ। धेरै श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागि उत्सव तथा आस्थाको केन्द्र मानिन्छ।

नेपाल र भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल छन्।

परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्दछन्। यो परिक्रमा मेलामा सहभागी भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ।

परिक्रमा मेलामा जनकपुरधामको अग्नि कुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ।

प्रतिक्रिया दिनुहोस