१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भने, ‘नराकोट स्वास्थ्य चौकीमा एक सय एक, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जना एकै दिन शिविरबाट लाभान्वित भएका छन् ।’

सो स्वास्थ्य शिविरबाट चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ ।

पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए ।

चेतना अभिवृद्धि, कार्य बोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयं महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा सुबि बस्नेतले जानकारी दिए ।

स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिला गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुसी भएको यहाँका महिला बताउँछन् ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने सिञ्जाका स्थानीयवासीको माग रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् ।

गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुग्ने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सिञ्जा गाउँपालिका–४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्यामा थिइन् । चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उनी आफ्ना समस्या लुकाउन बाध्य थिइन् ।

आफ्नो स्वास्थ्यभन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उनले आफ्नो समस्या कसैसँग सुनाइनन् ।

साथै उनले उपचार गर्ने र जचाउने मेसो पनि पाएकी थिइनन् । सिञ्जाको नराकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पदमकलीले पहिलो पटक आफ्नो पाठेघर जँचाइन् । उनको पाठेघर नखस्ने रिङ हालियो ।

स्वास्थ्य चौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जँचाउन पाउँदा राहत महसुस भएको पदमकलीले बताइन् ।

गाउँ केन्द्रिकृत स्वास्थ्यकर्मी लिएर स्वास्थ्य सेवादेखि अन्य सेवा प्रवाह दिन थालेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस