८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरका मेयर साह यस वर्षका ‘महामूर्ख’ घोषित

अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यस क्रममा एक विशिष्ट व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि दिने गरिन्छ ।

मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो ।

त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, वीरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी, डा. सोनु कुमार साहलाई बज्रकीट र ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

२०६१ सालबाट जनकपुरधाममा बर्सेनि महामूर्ख सम्मेलन आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस