९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक : मन्त्री राजभण्डारी

अ+ अ-

मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र तथा आरक्षण क्षेत्र निर्धारण गर्न राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पुर्‍याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने धारणा राखे ।

कार्यक्रममा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पुर्‍याउन सकिने धारणा राखिन् ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिला जन्म दर्ता र नागरिकताविहीन रहेकाले यसको समाधान हुनुपर्ने बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव वासुदेव दाहाल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सीता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले महिलालाई प्रविधिमैत्री बनाइ अधिकतम आयआर्जन गर्ने बनाउन समाजका हरेक तप्का लाग्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि मन्त्रालयले आज बिहान निकालेको प्रभात फेरीले नगरको मुख्य क्षेत्र परिक्रमा गरेको थियो । प्रभात फेरीमा मन्त्री भण्डारी, उपसभामुख दनुवार निजामती कर्मचारी, सशस्त्र र नेपाल प्रहरी, विद्यार्थी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस