८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्वारा पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य प्रस्तुत

अ+ अ-

काठमाडौँ । ओपनर आसिफ शेखको शतक प्रेरित आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

आसिफले पाँचौँ विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए ।

जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।

कुशल ५६ बलमा ६ चौकासहित ४५ रनमा आउट हुँदा रोहित ३९ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

ज्ञानेन्द्र मल्ले ११ रन योगदान गर्दा पछिल्लो समय लयमा रहेका कुशल मल्ल २ रनमा आउट भए । भीम शार्कीले ३८ बलमा ४ चौका प्रहार गर्दै ४४ रन बनाएर क्याच आउट हुँदा आरिफ शेख १५ रनमा पभेलियन फर्किए ।

पीएनजीको बलिङमा सिमो कामियाले ९.१ ओभरमा ३८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । रिले हिकुरेले १० ओभरमा ५० रन खर्चिएर तीन विकेट लिँदा एली नाओले १० ओभरमा पीएनजीका लागि सर्वाधिक ७५ रन खर्चिएर एक विकेट लिए ।

लिग-२ तालिकाको शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई यो शृङ्खला क्लिनस्विप गर्नुपर्ने दबाब छ । एक खेलमात्रै पराजित भए नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन सहज हुनेछैन । एक दिवसीय मान्यता जोगाउन नेपालले दुई खेलमात्रै जिते पर्याप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस