काठमाडौँ । चर्को बैंक ब्याजदरविरुद्ध मोरङ व्यापार सङ्घसहितका जिल्ला नगर वाणिज्य सङ्घहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारी थालेका छन् । सङ्घको प्रतिनिधि मण्डल संघीय राजधानी काठमाडौँ पुगेको छ ।
संघीय राजधानी केन्द्रित आन्दोलन चर्काउने तयारीसाथ मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोली काठमाडौँ पुगेको हो ।
व्यापार सङ्घले संघीय राजधानी काठमाडौँमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको कार्यक्रमबारे जानकारी गराउने तय गरेको जनाइएको छ ।
सङ्घका अध्यक्ष रिजालले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सम्मिलित बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिने छ ।