काठमाडौँ । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ ।
उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन आज हुँदैछ ।