८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैते धान खेती विस्तार गरिँदै

अ+ अ-

कैलाली । कैलालीमा यस वर्ष १ हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो ।

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवर्द्धन र चैते धान खेती विस्तार कार्यक्रमअन्तर्गत कैलालीमा चैते धान खेती हुँदैछ । धान खेती भजनी, टीकापुर, घोडाघोडी नगरपालिका, कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा गरिँदैछ । जसमध्ये वर्खामा डुबान हुने क्षेत्रमा धेरै क्षेत्रफलमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए ।

‘बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ’, उनले भने, ‘भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो । भजनीसहित केही पालिकामा बर्र्सातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ ।’

यस्तै सङ्घीय सरकारको सहयोगमा धान खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानको आवेदन सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । स्थानीय तहहरूले किसानको मागका आधारमा चैते धान खेती कार्यक्रम सञ्चालन गरेका छन् भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले चैते धान खेतीका लागि किसानसँग आवेदन माग गरेका छ । जसअनुसार अहिले टीकापुर क्षेत्रमा चैते धान खेती सहयोगका कार्यक्रम रहेका आयोजनाका बाली विकास अधिकृत जयबहादुर महतराले बताए । ‘सिँचाइ आयोजना कृषितर्फले हरेक वर्ष धान खेती प्रोत्साहनमा सघाउँदै आएको छ । यस वर्ष चैते धानका लागि पनि किसानलाई प्रोत्साहन तथा सहयोगका कार्यक्रम छन्’, उनले भने, ‘अहिलेसम्म दुई हेक्टरलाई माग आएको छ । धान खेतीका लागि किसानलाई बीउ, मल, प्राविधिक ज्ञान, उपकरणजस्ता कुरामा आयोजनाले सहयोग गर्ने गरेको छ ।’

आयोजनाले किसानलाई चैते धान खेतीको लागि बीउ तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिएको छ । सिँचाइ सुविधा सहज भएको ठाउँमा चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्विन्टलसम्म रहेको प्राविधिक बताउँछन् । चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै बाह्यबाट आउने चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पुर्‍याउने बाली विकास अधिकृत रामनारायण चौधरीले बताए । चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस