काठमाडौँ । स्ववियुको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न पाँच क्याम्पसमा नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्श क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति सञ्जीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।