विवेकशील साझामा १४ जना केन्द्रीय सदस्य मनोनीत « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विवेकशील साझामा १४ जना केन्द्रीय सदस्य मनोनीत


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । विवेकशील साझाले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत भएका हुन्।

भक्तपुरका सुरज प्रधान, काठमाडौँका सुरेन्द्र रानाभाट गत फागुन १५ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

पार्टी विधानअनुसार पार्टीमा निरन्तर क्रियाशील रहेका समावेशी, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।

यस्तै गोरखाका नवराज थापा, बाराका रूस्तम अन्सारी, कर्णाली प्रदेशका सूर्य दीप रेग्मी (दीपक), काठमाडौँका चक्र न्यौपाने, निर्जला कक्ष पति, सुदूरपश्चिमका हरि भट्ट, काठमाडौँका धनेज थापा, गण्डकीका सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौँका निरञ्जन चापागाईँ, गण्डकीका शिशिर बन्जारा, चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।

बैठकले बृहत्तर छलफलबाट वार्षिक क्यालेन्डर बनाउने र पार्टी गतिविधि तथा अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ।

प्रदेशका अधिवेशन प्राथमिकतामा राखिएको विवेकशील साझाले जनाएको छ। महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा सुरु गर्ने तयारीसमेत रहेको अध्यक्ष समीक्षा बाँस्कोटाको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस