८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुङ्गामा तीन वर्षमा एक्काइस दुर्घटना

अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ ।

पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । चालु आव २०७९/८० मा १० सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । पछिल्लो समय सवारीसाधन दुर्घटना बढेका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए ।

कच्ची सडक, कोचाकोच यात्रु दुर्घटनाको कारक
यही फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो । बाह्र जना घाइते भए । खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना१ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनाको प्रमुख कारण कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै हो । पाँच जनाको क्षमता भएको जिपमा १४ यात्रु थिए । अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दास बताउँछन् ।

‘सडक मापदण्ड अनुसारका छैनन् । जथाभाबी खनिएका सडक साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन् । यात्रु कोचेर बोक्ने चलन छ’, उनले भने, ‘गाउँ गाउँका सबै सडकमा प्रहरी परिचालन गर्न सकिने अवस्था छैन ।’

जिल्लाका आठ वटै स्थानीय तहका ७५ वटै वडाका टोल टोलमा सडक खनिएको छ । तर स्तरोन्नति नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लावासीको बाध्यता छ ।

बीमा दाबी नहुँदा उपचारमा समस्या
क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका सवारी धनीले घाइतेको उपचार गराउन सकेका छैनन् । धेरैजसो सवारी धनी आफैँ चालक हुने, दुर्घटनामा चाकलसमेत घाइते हुने र सिट क्षमताअनुसार मात्रै बीमा हुने हुँदा समस्या भएको छ ।

यात्रुले बिमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुन्छ । यसरी क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीसाधनले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षति पूर्तिसमेत दिन सकेका छैनन् ।

प्रायः सवारीले बीमा कम्पनीसँग चाकल, यात्रु र सडकमा ठोक्किन सक्ने परिस्थितिको समेत आङ्कलन गरेर तेस्रो पक्ष बीमा गर्ने र दुर्घटनामा परे उक्त बीमा दाबी गरेर पीडितलाई भुक्तानी गर्ने चलन छ ।

अझ कतिपय निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडाका यात्रु बोक्ने र दुर्घटनाको बीमा दाबी नहुने समस्या छ ।

सबैजसो चालकले नियम मान्नुको सट्टा ट्राफिक प्रहरीको आँखा छल्ने गरेका छन् । गाउँबाट सामान राख्ने ठाउँमा र छतमा समेत यात्रु राखेर ल्याउने चालकले सदरमुकाममा ट्राफिक देखिनुअघि नै यात्रु ओराल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस