७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य अङ्कको सुधार

अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ ।

आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ हजार चार सय ७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।

आज बैङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह तीन दशमलव ९५, उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८, लघुवित्त समूह १४ दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, होटेल तथा पर्यटन समूह १९ दशमलव ९५, जलविद्युत् समूह १८ दशमलव ९५, लगानी समूह शून्य दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अङ्कले बढेको छ ।

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ४८ लाख २४ हजार एक सय २५ बराबरको एक लाख ३६ हजार सात सय ३३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस