७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक पेटीमा राखिएका सामान जफत

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटरसाइकल जफत गरेको छ ।

सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान, मोटरसाइकललगायत सामान जफत गरिएको उनले बताए ।

अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदासमेत अटेर गरेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको गोराले जानकारी दिए ।

त्यसैगरी अगरबत्ती इन्टरप्राइजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटा खाजा घर, युनिस्टल ट्रेडर्स, बागमती आर्टस्, आरबी निर्माण सप्लार्यस, एभरेस्ट अटोटेक एण्ड सप्लायर्स र ह्वाक्सी फर्निचर (डेकोर) प्रालिलाई तीन दिनभित्र दर्ता नवीकरण गरी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ ।

म्याद गुज्रेका सामान बिक्री गर्न राख्ने कृष्ण किराना पसलमा पेय पदार्थ एवं खाद्य पदार्थ नष्ट गरिएको र श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसललाई अनुगमनकै क्रममा दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस