७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनका लागी उम्मेदवार सिफारिस गर्न काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने प्रक्रिया थालेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन-२ लगायत ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले पार्टी विधानको धारा ३२ (८) (क), (ख) र (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि निर्देशन दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतको फैसलाबाट पद खारेज भएपछि आयोगले वैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ । लामिछानेले काँग्रेस नेता उमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त बनेको छ । तर, त्यहाँ उपनिर्वाचन कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

काँग्रेसको विधानबमोजिम प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा तीन जनाको नाम पूर्ण सहमति नभए बहुमतबाट छनौट गरी सिफारिस गरी जिल्ला कार्यसमितिमा पठाउनुपर्ने व्यवस्था छ ।

जिल्ला कार्यसमितिले प्राप्त सिफारिसमा आफ्नो रायसमेत उल्लेख गरी प्रदेश कार्यसमितिमा पठाउने र प्रदेश कार्यसमितिले प्राप्त नाममा राय राखेर केन्द्रीय संसदीय समितिमा सिफारिस गरी पठाउने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस