८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यादवलाई समर्थन गर्ने काँग्रेसको निर्णयविरुद्ध एमालेले दियो आयोगमा उजुरी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली काँग्रेसले आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ति जारी गर्दै काँग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई  कमजोर बनाएको बताएका हुन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मङ्गलवार राती १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ । बुधबारमात्रै काँग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

‘शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘…नेपाली काङ्ग्रेसले गरेको निर्णयले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ ।’

आचारसंहिता उल्लङ्घन हुने गरी  निर्णय गर्ने नेपाली काँग्रेसलाई कारबाहीको दायरामा ल्याउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यसबारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको निर्वाचन प्रतिनिधिसमेत रहेका बर्तौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस