काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध अर्धशतक बनाएका नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुशल ५० रनमा चौथो विकेटका रूपमा आउट भएका हुन् । कुशलले ३२ बलमा अर्धशतक पूरा गरे ।
उनले ५० रन बनाउने क्रममा तीन चौका र चार छक्का प्रहार गरे । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पाँचौँ अर्धशतक हो ।
यसअघि, नेपालले ओपनर आसिफ शेखलाई शून्यमा, कुशल मल्ललाई पाँच रनमा र कप्तान रोहितकुमार पौडेललाई १६ रनमा गुमाएको थियो ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।