९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज तीन खेल हुँदै

अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछ। पाँचौँ चरणका अन्तिम तीन खेलमध्ये एक च्यासल मैदान र दुई दशरथ रंगशालामा हुनेछ।

च्यासल मैदानमा दिउँसो २:३० बजे हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स आज दोस्रो जितको खोजीमा हुनेछ। यस्तै चार खेलबाट पाँच अंक जोडेको आर्मी पनि आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ।

यस्तै दिउँसो साढे २ बजे नै रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ । दशरथ रंगाशालामै अपराह्न साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ र एपीएफ दुवै तेस्रो जित निकाल्ने योजनामा छन्।

प्रतिक्रिया दिनुहोस