८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रुख हटाइने

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रुख कटान गरी हटाइने भएको छ ।

श्रीकृष्ण सामुदायिक वनको जग्गामा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि मन्त्रिपरिषद्को विसं २०७८ माघ १० गतेको बैठकको निर्णयानुसार चार दशमलव ९९ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको थियो । मन्त्रिपरिषद्ले केन्द्र निर्माण गर्न स्वीकृति दिएको जग्गामा रहेका रुख हटाउन लागिएको हो ।

रुख हटाउने सम्बन्धमा गत जेठ ३ गते सहरी विकास तथा भवन निर्माण विभाग र वन तथा भू-संरक्षण विभागबीच भएको सम्झौताअनुसार सामुदायिक वनमा आयोजना निर्माणस्थलमा रहेका तीन सय ९६ ठूला र चार सय १७ साना रुख हटाउन (कटानी) लागिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार शुक्लाफाँटा सवडिभिजन वन कार्यालयबाट रुख कटानका लागि छपान मूल्याङ्कन भई डिभिजन वन कार्यालय र वन निर्देशनालय, सुदूरपश्चिम प्रदेश धनगढीबाट निरीक्षणको काम भइसकेको छ । निर्देशनालयले तोकेको अधिकृतको रोहवरमा रुख आगामी वैशाख १५ गतेभित्र कटान मुछान गरी निस्केको काठ दाउरा सामुदायिक वन उपभोक्ता समूहको घाट गद्दीमा ढुवानी गरी राखिने भएको छ ।

छपान भएका रुखबाहेक अन्य वन पैदावारमा हानी नोक्सानी भए गरेको पाइएमा प्रचलित वन ऐन र नियमावलीअनुसार कारबाही हुने अधिकृत तिवारीको भनाइ छ । केन्द्र निर्माण हुने स्थलबाट जामुन ४१, सिन्दुरे पाँच सय ५२, टुनी १६, गुल्लर दुई, खयर नौ, कोकडी ३१, पान ६४, कुमी पाँच, गुठेल ३१, सिमल नौ र राजवृक्ष नौ कटान गरिने भएका छन् ।

यसैगरी छतिवन दुई, पनार एक, धौटी चार, राईजामुन एक, कोइरालो एक, बर्रो दुई, झिनी दुई, असारे तीन रुख कटान गरी हटाइने भएको छ । त्यसबाट काठ चार हजार दुई सय २९ दशमलव ४८ र दाउरा ३३ दशमलव ४८ क्यूफिट निस्कने अनुमान गरिएको छ ।

‘फोहरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा रहेका रुख कटान गरी व्यवस्थित तरिकाले सामुदायिक वनको घाटगद्दीमा राख्नका लागि पहिलो चरणको छलफलको कार्य गरेका छौँ’, वडा नं ११ का अध्यक्ष शेरबहादुर साउदले भने, ‘रुख कटानीको कार्य नहुँदा रोकिएको केन्द्र निर्माणको कामले अब गति लिने भएको छ ।’

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २६ करोड ७७ लाखमा ठेक्का सम्झौता गरिएको छ । केन्द्र निर्माणको जिम्मा रमण केएसजेभी कैलालीले पाएको छ । गत वैशाखमा निर्माण कम्पनी र सहरी विकास आयोजना कार्यान्वयन एकाइबीच ठेक्का सम्झौता गरिएको थियो । सो फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यावस्थापन गर्न सकिने गरी निर्माण गरिने छ ।

नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रसँगै नगरपालिकाको प्रशासकीय भवन र तीन आधुनिक सडक निर्माणको काम भइरहेको छ । भवन र सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस