१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र खस्कँदो अवस्थामा छ, सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

अ+ अ-

मलेखु । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

आज धादिङ बेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।’ उनले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उनको भनाइ छ ।

ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे । ‘बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्’, उनले भने, ‘सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्याङ्क निकालेर राज्यको आयस्रोत बढाउन नयाँ खाका बनाएर सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासङ्घ र बागमती सरकार मिलेर उत्पादन तथ्याङ्क आवश्यक रहेको उनको भनाइ छ ।

सांसद डिपी अर्यालले सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयको कमजोरीले देशमा आर्थिक सङ्कट आइपरेको बताएका छन् ।

पूर्व श्रम मन्त्रीसमेत रहेका सांसद अर्यालले भने, ‘म पनि लामो समय उद्योग व्यवसायबाटै राजनीतिमा प्रवेश गरेको हुँ । पत्रकारले अध्ययन गरेर लेखेको समाचारले ठुलो प्रभाव पार्छ । त्यसैले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्य जरुरी छ ।’

सांसद रामनाथ अधिकारीले उद्योगी व्यवसायीको निम्ति राज्यले लिएको नीति परिपक्व नभएकाले समस्या आइपरेको बताए । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले भोट हाल्नकै लागि रातारात सदस्यता दिने र बनाउने प्रवृत्तिले धादिङ उद्योग वाणिज्य सङ्घ कमजोर बन्दै गरेको सङ्केत गरे ।

नेपाली काँग्रेसका नेता एवं ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष रमेश धमलाले बैंकरहरू आफैँ उद्योगपति बन्ने प्रवृत्ति बढेकाले उद्योगीहरू सङ्कटमा परेको बताए । नीति र बोलीमा मात्रै परिवर्तन ल्याउने व्यवहारमा लागू नगर्ने प्रवृत्तिले मजदुर र उद्योगी व्यवसायी बलियो बन्न नसकेको उनले भने ।

‘व्यवस्थित नीति बनाउन नसक्दा पनि उद्योगधन्दा फस्टाउन नसकेको हो’, धमलाले भने, ‘बैङ्कबाट कर्जा लिएर, उद्योगमा लगानी गरेर, देशमै रोजगारी सिर्जना गराउने र नाफा कमाउने सपना व्यवसायीले बोकेको हुन्छ । तर बैङ्कहरूले बढाएको ब्याजदरकै कारण त्यो सम्भव छैन ।’

बैङ्कहरूले मुद्दतीको ब्याजदर घटाएर कर्जाको ब्याजदर नघटाए देशमा सञ्चालित उद्योग कारखानासमेत बन्द हुने र देशमा चरम आर्थिक सङ्कट आइपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस