७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्त्वपूर्ण : प्रकाशशरण महत

अ+ अ-

बनेपा । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ट भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे । उनले सङ्घीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामाले सङ्घीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, सङ्घीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, काँग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासङ्घ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले शिक्षकले खेल्नुपर्ने भूमिकाको चर्चा गरे ।

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वको जिम्मेवारी शम्भुप्रसाद घिमिरेले पाएका छन् । सङ्घको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको महिला उपाध्यक्षमा रुपा थापा, अर्का उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ)मा सीताराम लामा, सहसचिव (महिला)मा फूलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ)मा महेश्वरी थापा, सहसचिव (समावेशी)मा रामप्रसाद चौलागाईँ र नवराज लामा निर्विरोध निर्वाचित भएका छन् ।

समिति सदस्यमा क्रमशः दीनानाथ ढुङ्गाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सीता कँडेल, पूर्णदास श्रेष्ठ निर्विरोध भएका छन् ।

सम्पन्न अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हीराबहादुर लामा, गोविन्द शर्मा, सानुमैया कट्टेल, विश्व तारा तिमल्सिना निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाईँ, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुङ्गाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्वाचित भएका छन् ।

कार्यक्रममा शिक्षक सङ्घ काभ्रेको सङ्गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईँलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस