८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानका कर्मचारी बुडाल मृत्यु प्रकरणमा थप चार पक्राउ

अ+ अ-

काठमाडौँ । बैतडीका जीवन बुडालको मृत्यु भएको घटनामा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

फागुन १३ गते चौलानी नदीमा दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय बुडाल मृत फेला परेका थिए। शवको केही किलोमिटर पर बिस्फोटक पदार्थ समेत फेला परेको थियो। त्यससँग सम्बन्धित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा दार्चुला मार्मा गाउँपालिका-४ का ३९ वर्षीय मोहनसिंह महता, बैतडीका दशरथ चन्द नगरपालिका-४ का ४५ वर्षीय गणेश सिंह कार्की, ३३ वर्षीय टेकराम तिरुवा र ४७ वर्षीय कमलसिंह कार्की छन्। 

उनीहरूलाई प्रहरीले गत फागुन २६ गते नै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

उनीहरूमाथि बिस्फोटक पदार्थ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको हो। अदालतले अनुसन्धान गर्न दिएको म्याद पनि केही दिनमा सकिनेछ। 

अनुसन्धान पनि अन्तिम चरणमा पुगेको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए। यसअघि प्रहरीले बुडालसँगै पिकनिक गएका १२ जनालाई पक्राउ गरिसकेको छ।

मृत फेला परेका बुडाल बिहान ११ जना साथीहरूसँग पिकनिक मनाउन गएका थिए। त्यही राति ९ बजे उनी नदी बीच मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका थिए।

परिवारले बुडालसँगै पिकनिक गएका जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी दिएको थियो। परिवारले बुडालको हत्या भएकोले सोही अनुसार न्याय दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस