११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी बजेटमा राजस्व नीति बनाउन ९ उपसमिति सक्रिय 

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष (आव) २०८०-८१ को बजेटमा राजस्व सम्बन्धी नीति बनाउन ९ उपसमिति सक्रिय भएका छन् । 

अर्थ मन्त्रालयका अनुसार आगामी आवको आर्थिक ऐन बनाउँदा अवलम्बन गर्नु पर्ने राजस्व नीतिसहित समग्र राजस्व प्रशासनबारे काम गर्न ९ उपसमिति बनाइएको छ । यी उपसमितिले अहिले सरोकारवालाबाट सुझाव सङ्कलनको काम गरिरहेका छन् । मन्त्रालयले राजस्व परामर्श समिति गठन गरी नीति निर्माणको काम थालेको हो ।

जसअन्तर्गत ९ उपसमितिहरूले काम थालेका हुन् । मन्त्रालयका अनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर र राजस्व चुहावट नियन्त्रणका विषयमा समितिले काम गर्दैछ । समितिले यी विषयमा सरोकारवालाबाट सुझाव समेत माग गरेको छ । सरोकारवालाले २० चैतसम्म सुझाव पठाउन सक्ने भएका छन् ।

राजस्व परामर्श समितिका अनुसार अहिले आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति र राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमितिले काम गरिरहेका छन् ।

यसैगरी कृषि, ऊर्जा तथा पर्यटन उपसमिति, बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजीबजार उपसमिति, गैरकर उपसमिति, अन्तर सरकारी राजस्व व्यवस्थापन उपसमिति र राजस्व सम्बन्धी ऐन नियम, प्रशासनिक सुधार उपसमितिले काम थालेका छन् । आम सर्वसाधारण तथा सरोकारवालाले यी उपसमितिलाई आफ्नो सुझाव पठाउन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस