काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनता समाजवादी पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।
यादवले आज पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष राजीनामा पत्र पठाएका हुन् । उनले आफू चैत ३ गते नेपालको उपराष्ट्रपति निर्वाचित भएकोले पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख गरेका छन् ।
